१२ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । शुक्रबार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या एक हजार ७०२ पुगेको हो ।
शुक्रबार डोटीमा २५, बैतडीको पञ्चेश्वरमा २, कञ्चनपुरको भीमदत्तमा १ र कैलालीको चुर गउँपालिकामा ५ तथा भजनीमा २ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमित ३५ जना मध्ये ७ जना महिला र २८ जना पुरुष रहेको श्रेष्ठले बताए । हालसम्म सबैभन्दा बढी कैलालीका ५१८ जनामा कोरोना पुष्टि भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4