Comments Add Comment

गण्डकीमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना

१३ असार, पोखरा । गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो ।

शनिबार कोरोना पुष्टि हुनेमा स्याङ्जाका मात्रै २२ जना जना छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष छन् । सोही गाउँपालिकाकाकै १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जाकै विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १/१ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै, बागलुङमा पनि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा काठेखोला गाउँपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष छन् । बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट नवलपुरमा २ जनामा कोरोना संक्रमित फेला परेका छन् । संक्रमण पुष्टि हुनेमा हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुष छन् ।

स्याङजा वालिङ र बर्दघाटका संक्रमित यसअघि नै संक्रमण पुष्टि भएको तर अद्यावधिक नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘ती २ ठाउँका संक्रमित पहिले नै आइसोलेसनमा भर्ना भएर उपचार गराइरहनु भएको छ । बाँकी संक्रमितको सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ,’ डा. शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment