
चलचित्र ‘च..च.. हुई’मा काम गरेपछि नायक आर्यन सिग्देलले क्यामेराको अगाडि एक्सन र कट सुनेका छैनन् । यी दुवै चलचित्र बक्स अफिसमा असफल भएपछि आर्यनले नयाँ चलचित्रका लागि साइन पनि गरेका छैनन् ।
आर्यन यो बीचमा अस्ट्रेलिया पुगे । उनले अस्ट्रेलियामै एउटा नयाँ प्रोजेक्टमा काम गर्ने तयारी गरेको खबर सार्वजनिक भए पनि यो विषयमा आर्यनले केही पनि खुलाएका छैनन् । बरु लकडाउनको समयमा थानकोटमा रहेर उनले खेतमा काम गरे ।
उनै नायक आर्यन सिग्देल अब भने चलचित्रको दुनियाँमा फर्किन चाहन्छन् । आर्यनले नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक नभए पनि उनी भने ‘एक्सन र कट’मा फर्किन चाहेको बताउँछन् ।
चाँडै नै चलचित्रको काम सुरु गर्ने चाहना आर्यनले राखे पनि अहिलेसम्म चलचित्रको दुनियाँमा चहलपहल कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर दर्शकलाई भने आर्यनको नयाँ चलचित्रको प्रतीक्षा छ । चलचित्रको काम सुरु हुनु अगाडि घोषणा पो गर्ने हो कि आर्यनजी ।
प्रतिक्रिया 4