Comments Add Comment

पीसीआर टेष्ट घट्यो, थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुष्नामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै बाजुरामा ८६ जना संक्रमित थपिएका छन् । यस्तै डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८/८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७/७ जना, सर्लाही र नुवाकोटका ६/६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५/५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३/३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पीसीआर टेष्ट घट्यो

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गरेका थिए । तर टेष्टको संख्या बढ्नुको साटो घटेर ४६ सयमा आइपुगेको हो ।

मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४६०६ मा आइपुगेको छ ।

हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयले जनाएको छ ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर२१०८७६
आरडीटी२९०३४९
आइसोलेसनमा९४४७
संक्रमित १२३०९
निको भएको२८३४
मृत्यु२८
क्वारेन्टिनमा६५७१२
अपडेटः २०७७ असार १३ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment