Comments Add Comment

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘कोरोना जन्तर’ले भाइरस मर्दैन, स्वास्थ्यमा गम्भीर असर गर्छ

१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउन प्रष्ट पारेको छ । बरु यसले मुटु, फोक्सा लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी दिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडेका थिए । यसलाई नेकपा नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेर हिँडेका थिए ।

तर स्वास्थ्य मन्त्रालयले यो भाइरसले कोरोना संक्रमणबाट नजोगाउने प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले भनेका छन्, ‘भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । यस्तो विधि भएको भए संसारभर यस्तो कठिनाई हुँदथ्थ्यो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment