Comments Add Comment

७२ करोडमा बिक्यो संसारकै महंगो गितार

एउटा गितारको अधिकतम मूल्य कति होला ? ७२ करोड रुपैयाँमा कतिवटा गितार खरीद गर्न सकिन्छ होला ? सायद हजारौँ गितार किन्न सकिन्छ यतिधेरै पैसामा ।

तर यो दुनियामा एउटा यस्तो गितार छ, जसको मूल्य ७२ करोड पर्दछ ।

हो, हालै एउटा गितार ७२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ ।

सो गितार चर्चित अमेरिकी गायक तथा गितारबादक कर्ट कोबेको हो । सन् १९९४ मा कोबेनको मृत्यु भएको थियो । उनै कोबेनले बजाउने गरेको गितार करीब ६० लाख डलरमा हालै लिलाम भएको छ ।

मार्टिन डी–१८ इ अक्यूस्टिक मोडेलको उक्त गितारको लिलामीको सुरुवाती मूल्य नै १० लाख डलर राखिएको थियो । लिलाम बढाबढ हुँदा अन्तिममा बोली लगाउनेले ६० लाख डलरसम्म लगाए । त्यससँगै यो गितार विश्वकै सबैभन्दा महंगो गितार बनेको छ ।

अष्ट्रेलियाको रोड्स माइक्रोफोन कम्पनीका मालिक पिटर फ्रिडम्यानले सो गितार खरिद गरेका हुन् ।

आफ्नो मृत्युभन्दा करीब पाँच महिना अगाडि अर्थात् १८ नोभेम्बर १९९३ मा एमटिभीको एक लाइभ कार्यक्रममा कर्ट कोबेनले सोही गितार बजाएर आफ्नो प्रस्तुती दिएका थिए । सो प्रस्तुतीको भिडियो अहिले पनि युट्युबमा उपलब्ध छ र ३० करोड भन्दा धेरैले हेरिसकेका छन् ।

कोबेनले सो गितार ५ डलरमा किनेका थिए । अहिले सो मोडेलका केवल ३ सय २ वटा मात्र गितार अस्तित्वमा छन् । उनले उक्त गितार खरीद गरेसँगै केही मोडीफाइ पनि गरेका थिए, किनकी उनले बायाँ हातले गितार बजाउँदथे । सोही परिवर्तनका कारण पनि उक्त गितार निकै विशेष बनेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment