Comments Add Comment

सुर्खेतमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

पीसीआर मेसिन । फाइल फोटो

१४ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९ं)को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन बिग्रिएको छ ।

प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बिग्रिएको मेसिन मर्मतका लागि आइतबारबाट पहल थालिने भएको छ ।

‘शुक्रबार नै मेसिन बिग्रिएको हो सफ्टवेरमा समस्या भयो कि भनेर प्रयास गरौँ तर हार्डवेयरमै समस्या देखियो’, डा. तिवारीले भने, ‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लायर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ ।’

हार्डवेरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनाइ छ ।

मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । प्रयोगशालामा रहेका केही स्वाबहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।

कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिनहरु छन् । असार ५ गते दैलेखमा भित्रिएको पीसीआर मेसिन पनि सञ्चालनमा आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment