Comments Add Comment

सोमबारबाट सलह पश्चिमतिर फैलिने अनुमान

१४ असार, काठमाडौं । नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरू पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ । पूर्वबाट पश्चिम हावा बग्न थालेपछि सलह पनि हावासँगै उड्ने किरा भएकाले सलहको यात्रा पनि पश्चिमतिर हुने सम्भावना बढी छ ।’

केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । त्यसैले भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान छ । मौसमविद मानन्धरका अनुसार आइतबार पनि हावाको दिशा दक्षिण–दक्षिण पश्चिम छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ ।

सोमबार र मंगलबार भने पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुने मौसमविद मानन्धरको भनाइ छ । सो दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने छ ।

यो पनि पढ्नुहोस कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै आयो सलह

मंगलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन पनि जमिनको सतहभन्दा १० मिटर माथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टाको हुने छ । त्यसैले हावासँगै सलहका बथान पनि पश्चिमतिर सर्ने अनुमान गरिएको हो ।

उष्ण वातावरण मन पराउने सलह किरा मनसुन सक्रिय भएको बेला शनिबार नेपालमा भित्रिएको छ । भारत हुँदै तराई मधेशका जिल्लामा प्रवेश गरेका सलह भित्री मधेश हुँदै पहाडी जिल्लाहरुमा समेत फैलिएका छन् । यिनले पु¥याएको क्षतिको एकीन विवरण भने सार्वजनिक भइसकेको छैन । यी सलहका बथानले बालीनाली खाइदिएर कति क्षति पुर्याउने हुन् एकीनका साथ भन्न सक्ने अवस्था छैन । यद्यपि हावाको दिशा र गतिका आधारमा सलहको यात्रा एकिन गरी सतर्कताका उपाय भने अपनाउन सकिने जानकारहरु बताउँछन् ।

यो पनि पढ्नुहोस तराईबाट छिरेको सलह एकैदिनमा पहाड उक्लियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment