Comments Add Comment

प्रदेश १ मा सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार

१४ असार, विराटनगर । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ ।

नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो ।

शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन ।

तर, सम्भावित जोखिम नियन्त्रणका लागि गृहकार्य सुरु गरेको प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले बताए ।

‘सलह आइहाले नियन्त्रणमा प्रयोग हुने औषधिको उपलब्धता हेर्दैछौं’, उनले भने, ‘जोखिम आँकलन गरी कार्य योजना बनाउन आइतबार मन्त्रालयमा छलफल गर्दैछौं ।’

यो पनि पढ्नुहोस सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment