+

उसु खेलाडी वीरमान वाइबाको निधन

२०७७ असार  १४ गते १३:३४ २०७७ असार १४ गते १३:३४
उसु खेलाडी वीरमान वाइबाको निधन

१४ असार, काठमाडौं । उसु खेलाडी वीरमान वाइवाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकामा सुतेको स्थानमै उनी मृत भेटिएको उनको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दिए ।

शनिबार बेलुका सामान्य अवस्थामा सुतेका उनी आइतबार बिहान मृत्य अवस्थामा भेटिए । वीरमान शनिबार केही समय फुटबल खेलेर घर गएका थिए । सुत्नुअघि सबैसँग राम्रै कुराकानी गरेर उनी सुतेको बताइएको छ ।

‘बिहान नउठेपछि कोठामा हेर्दा उनको मृत्यु भइसकेको रैछ । राति नै मृत्यु भयो कि बिहान भयो भन्न थाहा हुन सकेन ।’ पारिवारिक स्रोतले भन्यो ।

इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा सहभागि भएका उनले राखेप च्याम्पियनसिपमा पदक जितेका थिए । उनले क्योकुशिन फुल कन्ट्याक्ट करातेबाट खेल सुरुवात गरेका थिए । फुलकन्ट्याक कराते हुँदै किक बक्सिङ कुङ फु मुवाथाई समेत खेलेका वीरमान पछिल्लो समय भने उसु खेलमा लागेका हुन् ।

उसु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय