Comments Add Comment

सलहले चितवन र मकवानपुरबाहेक अन्यत्र क्षति पुर्‍याउने देखिएन : कृषि मन्त्रालय

१४ असार, काठमाडौं । नेपाल प्रवेश गरेको सलह देशैभर पुगेको हुनसक्ने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । तर कुनै पनि ठाउँमा ठूलो समूहमा नभएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

मन्त्रालयमा प्राप्त पछिल्लो सूचना अनुसार चितवन र मकवानपुरमा भने बालीनाली हानी गर्न सक्ने गरी सलहको झुण्ड देखिएको छ । ‘चितवन र मकवानपुरमा बाली नालीमा क्षति पुर्‍याउने सहमूमै छ भन्ने छ,’ डा.केसीले भने ।

त्यसबाहेक हावामा छरिएर ससाना समूह वा संख्यामा सलह देशैभर पुगेको हुन सक्ने उनले बताए ।

त्यसरी पुगेका सलहले बालीमा हानी नगरेको पनि उनले बताए । वर्षा र मौसमी अवस्था अध्ययन गर्दा सलह पश्चिमतर्फ फैलिन सक्ने अनुमान गरिएको केसीले बताए ।

यो पनि पढ्नुहोस नेपालमा सलह किरा भित्रियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment