Comments Add Comment

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

१४ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड एक हजार ५२७ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म ५२ लाख १० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा संक्रमितको संख्या १३ लाख १३ हजार नाघेको छ । रुसमा ६ लाख ३३ हजार जना संक्रमित छन् ।

भारतमा ५ लाख २८ हजार ८ सय ५९ र बेलायतमा ३ लाख ११ हजार ७ सय २७ जना संक्रमित छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख ९९ हजार १२४ पुगेको छ । अमेरिकामा एक लाख २५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा मृत्यु हुनेको संख्या ५७ हजार नाघेको छ । बेलायतमा पनि ४३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर ५० लाख ६५ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment