Comments Add Comment

गुल्मीका थप चारजना कोरोना संक्रमित डिस्चार्ज

१४ असार, गुल्मी । गुल्मीका थप चारजना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्लाको गुल्मीदरवार गाउँपालिकाका ४ जना पुरुषलाई डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । भारतबाट आएका उनीहरु कोरोना पुष्टि भएको १५ दिनपछि आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेहरुलाई फूल र डिस्चार्ज पत्र दिएर गाउँपालिका अध्यक्ष अशोक थापा, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्यकर्मी, कर्मचारीहरुले बिदाइ गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिमा दुईजना महिलासहित ४२ जना कोरोना संक्रमित छन् । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा कोरोना संक्रमितको संख्या २७५ छ । त्यसमध्ये ४२ जना डिस्चार्ज भइसकेका छन् ।

कोरोनाबाट गुल्मीमा ३ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment