Comments Add Comment

प्रदेश ५ मा थपिए ९२ जना कोरोना संक्रमित

१४ असार,बुटवल । प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ११ जना महिला र ८१ जना पुरुष गरी ९२ जना नयाँ संक्रमित थपिएका हुन् ।

आइतबार प्युठानमा सबैभन्दा धेरै ५ महिला र २८ पुरुष गरी ३३ जना थपिएका छन् । गुल्मीमा दुई महिला र १९ पुरुष गरी २१ जना, दाङमा दुई महिला र १५ पुरुष गरी १७ जना, कपिलवस्तुमा ९ जना पुरुष थपिएका छन् ।

यस्तै, रुपन्देहीमा एक महिला र ३ पुरुष, पाल्पामा एकजना पुरुष, अर्घाखाँचीमा एक महिला र पाँच पुरुष गरी ६ जना र रोल्पामा एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

आइतबार ४ बजेसम्मको तथ्यांकअनुसार कपिलवस्तुमा कुल संक्रमितको संख्या ७ ३९ पुगेको छ । पाल्पामा ४७०, दाङमा ४९९, बाँकेमा ३५६,रुपन्देहीमा ३०३,गुल्मीमा २९७,अर्घाखाँचीमा २६८, प्युठानमा २९९, बर्दियामा १६५, नवलपरासी पश्चिममा ८४, रोल्पामा ४७ र रुकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्ट भएको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए ।

प्रदेश ५ मा आइतबार दिउँसो ४ बजेसम्म कोरोना संक्रमितको संख्या तीनहजार ५३१ पुगेको डा. चौधरीले बताए । प्रदेशमा पाँच हजार १६० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment