Comments Add Comment

भाका पुग्यो तर डोटीमा आइपुगेन पीसीआर मेसिन

१४ असार, डोटी । असार १० गतेभित्र पीसीआर मेसिन जिल्लामा पुग्छ, कहिलेबाट सञ्चालन ल्याउने भन्ने सम्बन्धित जिल्ला अस्पतालले तयारी गर्नुपर्‍यो’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीका निर्देशक डा. गुणराज अवस्थीले भनेका थिए ।

प्रदेश सरकारले चेत १५ मा नै बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । तर लामो समयसम्म कार्यान्वयन नभएपछि निर्देशक डा अवस्थीले जेठ २४ मा असार १० को भाका राखेका थिए ।

असार १० कट्यो तर पीसअिार मेसिनको अत्तोपत्तो छैन । यसबारे प्रश्न गर्दा निर्देशकले अर्को भाकादिए । ‘यो महिनाभित्र डोटी र बैतडी दुवै जिल्लामा मेसिन पुर्‍याउँछौं ।’
सामानहरु बिदेशबाट ल्याउनु पर्ने तर अन्तराष्ट्रिय उडानहरुको समस्याले समयमै सामान नआएको उनको तर्क छ ।

डोटी जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा ज्योति पाण्डेका अनुसार संरचना तयार ने छ ।

तर जनशक्ति निर्देशनालयले व्यवस्थापन गर्नु पर्ने उनले भनिन्, ‘प्रयोगशालाका लागि भाइरोलोजिष्ट चाहिन्छ । तर अस्पतालमा ल्याव असिस्टेण्ट मात्रै छन् ।’ स्वास्थ्य कार्यालयमा पनि एक जना ल्याब टेक्निसियन मात्र भएको भन्दै उनले जनशक्तिका लागि स्वास्थ्य निर्देशनालयसँग समन्वयगर्ने वताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment