Comments Add Comment

लकडाउनमा सुरक्षा मापदण्ड कार्यान्वयनबारे प्रहरीद्वारा अनुगमन

१५ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै जनस्तरबाट बढेको गतिविधिबाट आउन सक्ने सम्भावित चुनौतिलाई मध्यनजर गरेर प्रहरीले बजार अनुगमनलाई तीब्रता दिएको छ ।

समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, म्याग्दीले सुरक्षा मापदण्ड कार्यान्वय भए/नभएको विषयमा बजार अनुगमन थालेको हो ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) किरणजंग कुँवरका अनुसार बेनी बजारका करिब ३ सय ५० पसल, व्यवसाय र संघसंस्थासहित घरघरमा रहेका व्यक्तिले गृह मन्त्रालयले जारी गरेको मापदण्डलाई पालना गरे/नगरेको विषयमा नियमित अनुगमन भइरहेको छ ।

यदी पालना नगरेको पाइए संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने उनले बताए । कुँवरका अनुसार लकडाउन अवधिपछि हालसम्म ६१ वटा सवारीसाधन र ५७ जना व्यक्ति कानूनी कारबाहीको दायरामा आइसकेका छन् । उनीहरुबाट ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment