Comments Add Comment

हेबेई प्रान्तमा चार लाख मानिसलाई लकडाउन गर्ने चीनको निर्णय

१५ असार, काठमाडौं । चीनले राजधानी सहर बेइजिङको निकट रहेको हेबेई प्रान्तमा कोरोना भाइरस (कोभिड-१९) का केही संक्रमण देखिएसँगै कडा किसिमको लकडाउनको घोषणा गरेको छ । यो लकडाउनको कारण करिब चार लाख मानिस प्रभावित हुनेछन् । यो लकडाउन हेबेईको एनशिनमा लगाइएको हो, जुन राजधानीको निकट रहेको स्थान हो ।

गत वर्षको अन्तिममा चीनबाटै कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यद्यपि त्यसपछि बिस्तारै कोरोना भाइरसको संक्रमितको संख्यामा कमी आएको थियो । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर फैलिने आशंकाको कारण चिनियाँ अधिकारीहरु अहिले सतर्क भएका छन् । त्यसैले यसलाई गम्भीरताको साथमा लिइएको छ ।

हेबेईमा के भइरहेको छ ?

अधिकारीहरुले आइतबार एजनसिनलाई पूर्णरुपमा घरेबन्दी गर्ने घोषणा गरेका थिए । साथै यो क्षेत्रमा हरेक कुरा नियन्त्रित हुने बताइएको थियो । केवल आवरुश्यक सेवाहरुसँग सम्बन्धित मानिसहरुलाई मात्र घरबाट बाहिर निस्किन दिइनेछ । घरमा अत्यावश्यक सामग्री खरिदको लागि एक दिनमा केवल एक व्यक्ति मात्र बाहिर निस्किन पाउनेछन् ।

कुनै पनि बाहिरबाट आएको मानिसलाई कुनै भवन, समुदाय र कुनै गाउँमा जाने अनुमति छैन । अधिकारीहरुले नियम पालना नगर्ने मानिसलाई प्रहरीले सजाय दिने चेतावनी दिएका छन् । एनशिन बेइजिङको १५० किलोमिटर दक्षिणमा पर्छ । दुई सातापहिला बेइजिङमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेसँगै एनशिन काउन्टिमा पनि १८ संक्रमित फेला परेका छन् ।

यो क्षेत्र चीनको अन्य सहरको तुलनामा धेरै भिड हुने क्षेत्र भने होइन । त्यसैले स्थानीय स्वास्थ्य विशेषज्ञहरुले यहाँ संक्रमणको फैलावट रोकिन सक्ने विश्वास लिएका छन् ।
बेइजिङको अवस्था कस्तो छ ?

अन्य मुलुकहरुको तुलनामा चीनमा कोरोना भाइरसका निकै कम संक्रमित फेला परेका छन् । तर, हालै मा राजधानी बेइजिङमा देखिएको संक्रमणबारे भने अधिकारीहरु चिन्तित बनेका छन् । पछिल्लो २४ घण्टामा बेइजिङमा कोरोना भाइरसका १४ नयाँ संक्रमित फेला परेका छन् । जुनको मध्यदेखि एक खाद्यान्न बजारबाट सुरु भएको संक्रमणबाट संक्रमित हुनेको संख्या ३११ पुगिसकेको छ । यो संख्या अमेरिका र अन्य मुलुकको तुलनामा भने निकै कम हो । तर, चिनियाँ अधिकारीले यसलाई नियन्त्रणको लागि धेरै कदमहरु उठाएका छन् । बेइजिङका आसपासका क्षेत्रमा धेरै किसिमको प्रतिबन्ध लगाइएको छ । मानिसहरुलाई हिँडडुलमा रोक लगाइएको छ भने व्यापक मात्रामा परीक्षण सुरु गरिएको छ ।

दोस्रोपटक पुनः संक्रमित भेटिनुभन्दा पहिला चीनको राजधानी सहर बेइजिङमा ५७ दिनसम्म कोरोना भाइरस स्थानीय स्तरमा देखिएको थिएन । मार्चको सुरुमा चीनमा कोरोना भाइरसका संक्रमितको संख्या ८० हजार पुगेको थियो । त्यसपछि अहिलेसम्म चार हजार ७०० नयाँ संक्रमित भेटिएका छन् । जुनको मध्ययता चीनमा भेटिएकामध्ये अधिकांश संक्रमित राजधानी बेइजिङमा भेटिएका छन् । जसमध्ये केही भने हेबेई प्रान्तमा भेटिएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment