१५ असार, सुर्खेत । कर्णालीमा डिस्चार्ज हुने कोरोना संक्रमित (कोभिड-१९)को संख्या एक हजार नाघेको छ । हालसम्म प्रदेशमा एक हजार एकजना कोरोना संक्रमित डिस्चार्ज भएको कर्णालीको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कर्णालीका विभिन्न आइसोलेसनबाट ४५ जना डिस्चार्ज भएका छन् ।
दैलेखको दैलेख अस्पताल/नारायण आइसोलेसनबाट एक महिलासिहत १७ जना, सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट आइसोलेसनबाट दुई महिलासहित १४ जना, प्रदेश अस्पताल सुर्खेतबाट एक महिलासहित ६ जना, दैलेखको गुराँस गाउँपालिकाको आइसोलेसनबाछ ६ जना पुरुष र सुर्खेतको लेकबेसीको आइसोलेसनबाट २ जना पुरुष डिस्चार्ज भएका हुन् ।
यस्तै, सोमबार कर्णालीमा एकजना संक्रमित थपिएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट रुकुम पश्चिमका एकजना युवकमा कोरोना पुष्टि भएको हो । सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको मेसिन भने बिग्रिएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका एक सहित कर्णालीमा संक्रमितको संख्या १४२७ पुगेको छ । त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । १००१ जना भने डिस्चार्ज भएका छन् । अब ४२० जना आइसोलेसनमा छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4