+
+
Shares

गोरखामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १९:११

१५ असार, गोरखा । गोरखामा ज‌गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर बिरामी पर्नेमा आरुघाट गाउँपालिका–४ थुमीका ५० वर्षीय गाइने बिक, उनकी श्रीमती र तीन छोराछोरी रहेको वडाध्यक्ष कृष्ण धमलाले बताए । उनीहरुमध्ये अन्दाजी ११ वर्षका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको उनले जानकारी गराए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको काम भइरहेको छ, त्यही काम गर्दै गर्दा गाइने दुई पटक ढलेछन्,’ उनले भने, ‘पछि सोधपुछ गर्दा बिहान च्याउ खाएर आएको भन्ने थाहा भयो, घरमा पुगेर हेर्दा परिवारका सबै बिरामी भएका रहेछन् ।’

बिपन्न परिवार भएकाले एम्बुलेन्सको व्यवस्थापन गरेर आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?