Comments Add Comment

किरणको जन्मदिनमा लक्ष्मी र डब्बु सम्मानित

हास्य कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा एक चलचित्रकर्मी र एक पत्रकारलाई सम्मानित गरेका छन् ।

हरेक वर्ष केसीले कार्यक्रमको आयोजना गर्दै जन्मदिन मनाउँदै आएका थिए । तर यसपटक भने कोरोना भाइरसको संक्रमणका कारण सामाजिक दुरी कायम गर्दै भिडभाड गर्न नमिल्ने भएपछि उनले कुनै कार्यक्रम आयोजना गरेनन् ।

केसीले आफ्नो क्षेत्रमा योगदान पुर्‍याएको भन्दै कलाकार लक्ष्मी गिरी र पत्रकार डब्बु क्षेत्रीलाई सम्मानित गरेका हुन् । गिरीलाई किरणले १० हजार नगद र सम्मानपत्रबाट सम्मानित गरेका थिए । यस्तै २७ वर्षदेखि रंग पत्रकारितामा सक्रिय डब्बु क्षेत्रीलाई पनि १० हजार नगद र सम्मानपत्रबाट सम्मानित गरिएको हो ।

आफ्ना माता र पिताको सम्झनामा विगत ७ वर्षदेखि केसीले एक जना कलाकार र एक जना पत्रकारलाई सम्मानित गर्दै आएका छन् । आफ्नो कार्यलयमै ११ जनाको उपस्थितीमा उनले सानो कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा केसीले कलाकार लक्ष्मी गिरी र पत्रकार डब्बु क्षेत्रीले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment