 
																			१६ असार, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित पुष्टि भएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट मंगलबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका एकजनामा जुम्लामा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
यस्तै, डोलप्पा र कालीकोटका दुई/दुईजनामा नेपालगञ्जमा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १४४३ पुगेको छ ।
कर्णालीबाट पछिल्लो २४ घण्टामा ८ जना महिलासहित ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १०७२ पुगेको छ भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4