+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

जनकपुर ल्याबमा कोरोना पोजेटिभ, हेटौंडामा नेगेटिभ

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ असार १६ गते १७:५४

१६ असार, रौतहट । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना पोजेटिभ भएको रिपोर्ट दिएपछि सोमबार साँझ रौतहट जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरु तनावमा परे ।

स्वास्थ्य कार्यालयका ४ कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामै पोजेटिभ आएको भनेपछि पुनः स्वाब संकलन गरेर रातारात बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठाइयो ।

तर हेटौंडामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाइयो । ‘हेटौंडाको ल्याबमा अनुरोध गरेर तुरुन्तै परीक्षण गराउँदा आज ती पाँच जनाको रिपोर्ट नुगेटिभ आएको छ’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले भने ‘सद्धे मान्छेलाई पनि संक्रमित भएको भनी रिपोर्ट दिनु दुखद हो ।’

यो घटनाले जनकपुर प्रयोगशालामाथि गम्भीर प्रश्न उठाएको स्वास्थ्य प्रमुख साहले बताए । जनकपुर ल्याबको रिपोर्टपछि कन्ट्याक्ट ट्रेसिङलगायतको काम शुरु गर्नुअघि पुनः अर्को ल्याबबाट परीक्षण गराएर हेर्ने निष्कर्षपछि हेटौंडामा परीक्षण गर्न पठाइएको थियो ।

संक्रमितको नजिकसमेत नपरेका र कार्यालयमा मात्रै काम गर्ने कर्मचारीको पोजेटिभ रिपोर्ट आएपछि शंका लागेर हेटौंडामा परीक्षण गर्न पठाएको प्रमुख साहले बताए ।

गौर अस्पतालकै एक कर्मचारीको छोरामा केही दिनअघि संक्रमण पुष्टि भएपछि गत ११ गते बिहीबार स्वास्थ्य कार्यालयका २३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । जसमध्ये १२ जनाको रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?