+
+
Shares

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते ११:१२

१७ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, ‘आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुन्छ ।’

यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थिए ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको हो । छन्त्याल बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुने छ र शोक प्रस्ताव पारित गर्दै सकिने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश गर्दैन ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सांसद छन्त्यालको निधन भएकोबारे संसद बैठक अगाडि नै संसद सचिवालयमा जानकारी दिने बताए । सम्बन्धित पार्टीले निधन भएको जानकारी जुन दिन दिन्छ, सोही दिन शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने प्रचलन छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?