+
+
Shares

ओलीले नेताहरुलाई बोलाएर भने– मलाई सबैतिरबाट आक्रमण भयो, सहयोग गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १२:१३

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न नेताहरूसँग आग्रह गरेका छन् ।

पार्टी नेतृत्वले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले आफू निकटका साथै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षका केही नेताहरूलाई बालुवाटारस्थित निवासमा बोलाएर बुधबार बिहान छलफल गरेका थिए ।

पूर्व माओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि छलफलमा सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफूलाई साह्रै अपमानित गर्ने काम भएको भन्दै सहयोग गर्न नेताहरूलाई आग्रह गरेका थिए । आफूलाई सबैतिरबाट आक्रमण भएको भन्दै ओलीले नेताहरूसँग सहयोग मागे ।

तर उनले कुन कदम चाल्न लागेको भन्ने नखुलाएको एक नेताले अनलाइनखबरलाई बताए ।

बैठकमा बादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले बोलेका थिएनन् । अरूले भने पार्टी एकता जोगाउने मूल्यमा मात्र सहयोग गर्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?