+
+
Shares

सोसल मिडियाका तस्वीर गुगल फोटोमा स्टोर नहुने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १३:२३

इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सोसल मिडियाका तस्वीर तथा भिडियोहरुलाई गुगल फोटोज एपमा स्वचालित रुपमा संग्रहित गर्ने कार्य गुगलले बन्द गर्ने भएको छ ।

गुगलको पछिल्लो निर्णय अनुसार अब प्रयोगकर्ताले सोसल मिडिया प्लाटर्फममार्फत प्राप्त गर्ने फोटो तथा भिडियोहरु अब गुगल फोटोज एपमा अटोम्याटिक रुपमा ‘ब्याकअप’ हुनेछैनन् ।

कोरोना भाइरस महामारीका बेला प्रयोगकर्ताहरुले बढीभन्दा बढी फोटो तथा भिडियोहरु शेयर गरेको भन्दै इन्टरनेट श्रोतलाई बँचाउनका लागि यस्तो निर्णय गर्नुपरेको गुगलले जनाएको छ ।

गुगल फोटोजले प्रयोगकर्ताको डिभाइसको स्टोरेज ओगट्नुका साथै ब्याण्डविथ समेत उल्लेख्य रुपमा उपयोग गर्ने गर्दछ ।

इन्टरनेट नेटवर्कमाथिको चाप कम गरेर विश्वमा इन्टरनेट क्र्यास हुनबाट बँचाउन भन्दै यसअघि युट्युब तथा नेटफिलिक्सलगायतले इन्टरनेट ट्राफिक कम गर्ने निर्णय गरिसकेका छन् ।

सोसल मिडियाका सामाग्रीहरु गुगल फोटोजमा संग्रहित नहुने पछिल्लो निर्णयबाट यी एपहरु प्रभावित हुने बताइएको छ :

Facebook

§  Helo

§  Instagram

§  LINE

§  Messages

§  Messenger

§  Snapchat

§  Twitter

§  Viber

§  WhatsApp

यद्यपि यसअघि नै गुगल फोटोमा ब्याकअप भैसकेका फोटो तथा भिडियोमा भने कुनै असर पर्नेछैन ।

स्मरण रहोस् ह्वाट्सएप लगायतका कतिपय एपमा भने भिडियो तथा फोटोहरु गुगल एपमा आफै संग्रहित हुने विकल्पलाई निस्क्रिय पार्ने सुविधा रहँदै आएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?