
१७ असार, काठमाडौं । भक्तपुरको टौमडीस्थित न्यातपोल (पाँचतले मन्दिर)को धमाधम जीर्णोद्धार भइरहेको छ ।
०७२ सालको भूकम्पले क्षति भएको न्यातपोलको जीर्णोधारमा स्थानीवासी जुटेका हुन् । मन्दिरको जीर्णोद्धारमा सयौं स्थानीवासीले श्रमदान गरेका छन् । हरेक दिन चार/पाँच सयजनाले श्रमदान गर्ने गरेको उभोक्ता समितिले जनाएको छ । त्यसमा पनि महिलाको संख्या उल्लेख्य रहेको छ ।
अहले मन्दिरको छानोमा टायल लगाउने काम भइरहेको छ । भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार रुपैयाँ विनियोजन गरेपछि गत मंसिरदेखि मनद्दिरको जीर्णोद्धारको काम सुरु भएको हो ।
भूकम्पले मन्दिरको गजुर र अन्य भागमा क्षति पुर्याएको छ । न्यातपोल विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर हो ।
मन्दिर जीर्णोद्धारका लागि श्रमदानका खटिएका टौमडीवासी –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4