+
+
Shares

टिकटक बन्दपछि भारतमा चम्कियो चि‌ङ्गारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १५:३३

१७ असार, काठमाडौं । भारतले चिनियाँ सर्ट भिडियो एप ‘टिकटक’सहित ५९ स्मार्टफोन एपमाथि प्रतिबन्ध लगाएसँगै त्यसको फाइदा भारतीय एपलाई पुगेको छ ।

सरकारले यस्तो निर्णय गरेसँगै टिकटकको प्रतिस्पर्धी ‘चिङ्गारी’ एप डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको छ । चिङ्गारीका संस्थापकले मंगलबार यो एप प्रतिघण्टा १० लाखभन्दा बढीको दरले डाउनलोड भएको बताएका छन् ।

चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएसँग भारतीय एप प्रतिस्पर्धीहरु खुसी भएका छन् । ‘चिङ्गारी’का संस्थापक सुमित घोषका अनुसार केवल ७२ घण्टामा भारतमा चिङ्गारी एप पाँच लाखपटकभन्दा बढी डाउनलोड भइसकेको उनले बताएका हुन् ।

भारतको निर्णयपछि यो एपको भ्युज पनि प्रतिघण्टा दुई लाख नाघेको घोषले बताए ।

भारतले चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै चिङ्गारी एपले सरकारको निर्णयको स्वागत गर्दै सरकारले धन्यवाद व्यक्त गरेको थियो ।

भारतका प्रयोगकर्ताहरुलाई पनि टिकटकले सरकारको निर्णयबारे जानकारी गराउँदै एक म्यासेज देखाएको थियो । पछिल्लो समय चीन र भारतको बीचमा तनाव बढिरहेको अवस्थामा भारतले चिनियाँ एपलाई लक्षित गर्दै ५९ स्मार्टफोन एप प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

स्रोत : भारतीय सञ्चारमाध्यमहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?