+
+
Shares

बारामा घरेलु कार्यालयका सहयोगी १० हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १७:५४

१७ असार, वीरगञ्ज । बाराको कलैयास्थित घरेलु तथा साना उद्योग कार्यालयका सहयोगी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । करारमा कार्यरत कार्यालय सहयोगी खेमराज चौधरी पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

होटल सञ्चालनका लागि अनुमति पत्र बनाइदिने बहानामा सेवाग्राहीसँग चौधरीले उक्त रकम घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?