+
+
Shares

चिनियाँ कम्पनीलाई सडकको ठेक्का नदिने भारतीय मन्त्रीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते २०:४७

१७ असार, काठमाडौं । भारत सरकारका सडक परिवहन, राजमार्ग र एमएसएमईमन्त्री नितिन गडकरीले सडक निमार्णको ठेक्का चिनियाँ कम्पनीलाई नदिने बताएका छन् ।

उनकाअनुसार अब भारतमा चिनियाँ ज्वाइन्ट भेन्चरका कम्पनीहरुले समेत सडक निर्माणको ठेक्का पाउने छैनन् ।

पीटीआईलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि हामीलाई प्रविधि, कन्सलट्यान्सी र डिजाइनको क्षेत्रमा विदेशी कम्पनीसँग ज्वाइन्ट भेन्चर गर्नुपर्‍यो भने पनि हामी चिनियाँ कम्पनीलाई सहभागी हुन दिन्नौं ।’

उनका अनुसार यसबारे सरकारले छिट्टै आधिकारिक नीति नै ल्याउनेछ । साथै भारतीय कम्पनीहरुलाई नै ठेक्का दिलाउन शर्तहरु पुनरावलोकन गरिनेछ ।

उनकाअनुसार अहिले केही प्रोजेक्टमा चिनियाँ कम्पनी साझेदार छन्, जसको टेण्डर निकै पहिले भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?