१८ असार, काठमाडौं । वेष्ट इन्डिजका लेजेण्ड्री ब्याट्सम्यान सर एभरटन विकेसको ९५ वर्षको उमेरमा निधन भएको छ ।
४८ टेष्ट खेलेका विकेटसले ५६.६१ को एभरेजमा ४ हजार ४५५ रन बनाएका थिए । उनी लगातार पाँच टेष्ट इनिङ्समा शतक प्रहार गर्ने एक मात्र खेलाडी हुन् ।
विकेससँगै सर क्लाइड वाल्कोट र सर फ्राक वोरललाई वेष्ट इन्डिजमा ‘थ्री डब्लु’ले चिनिन्छ ।
क्रिकेट वेष्ट इन्डिजले लेजेण्ड हिरोको मृत्युमा दु:ख व्यक्त गरेको छ ।
कम्तीमा २० इनिङ्स खेल्नेमध्ये टेष्ट क्रिकेटको इतिहासमा विकेटको एभरेज १०औं उच्च हो ।
सन् १९४८ मा इंग्ल्याण्डविरुद्ध टेष्ट डेब्यु गरेका बारबाडियन वेसले दश वर्षपछि सन्यास लिएका थिए । उनले सन् १९९५ सर उपाधि पाएका थिए ।
२०१९ जुनमा हर्ट अट्याक भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया 4