+
+

अक्षयसँग बाणीको जोडी पक्का

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १२:३२

चलचित्र ‘वार’मा काम गरेपनि खासै चर्चामा नआएकी नायिका वाणी कपुरले अब नयाँ चलचित्रमा नायक अक्षय कुमारसँग पर्दा शेयर गर्ने भएकी छिन् ।

उनी, अब नयाँ चलचित्र ‘बेलबटम’मा देखिने पक्का भएको छ । वाणीले नायक अक्षय कुमारसँग पर्दा शेयर गर्न लागेको पहिलो प टक हो ।

ज्याकी भगनानी र वासु भगनानीको निर्माणमा यो चलचित्र बन्दैछ । चलचित्रलाई रञ्जित एम तिवारीले निर्देशन गर्दैछन् । ८० को दशकको सेट बनाएर चलचित्रको छायांकन गरिनेछ ।

निर्माण ज्याकी भगनानीले वाणीको अभिनय आफूलाई मनपर्ने भएकाले पनि नायिकाको रुपमा उनलाई छनोट गरेको भारतीय मिडियासँग बताएका छन् ।

जासुसको कथामा तयार हुन लागेको चलचित्रलाई थ्रिलर शैलीमा प्रस्तुत गरिनेछ । निर्माणपक्षले वाणीको भूमिकाले दर्शक उत्साहित हुने बताएकी छिन् । चलचित्रमा आफ्नो भूमिकालाई लिएर वाणी उत्साहित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?