Comments Add Comment

संघीय संसदको बजेट अधिवेशन अन्त्य

१८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेतिर हेरेर सं‌सदको कुनै बिजनेस छ ? भनी प्रश्न गरेका थिए । मन्त्री तुम्बाहाम्फेले नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाए ।

मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए ।

वैशाख २६ गतेबाट सुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामतीसम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो ।

कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ ।

यो पनि पढ्नुहोस अचानक किन संसद अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगे प्रधानमन्त्री ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment