Comments Add Comment

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

१८ असार, काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद‍्को बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहम्फेतिर हेरेर कुनै विजनेश छन् ? भन्ने प्रश्न गरेका थिए । मन्त्री तुम्बाहाम्फेले नागरिकता लगायतका कतिपय विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाए ।

मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता समेत गरेका थिए ।

वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानन्त्री ओलीको राजीनामा माग भएसँगै अचानक संसद अधिवेशन अन्त्य गर्न सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment