+
+
Shares

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १८:५६

१८ असार, काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री, राज्यमन्त्री लगायतलाई बोदार्थ दिइएको छ ।

खुल्ला प्रतिस्पर्धा मार्फत छनौट भएका पोखरेललाई लोक सेवा आयोगको सिफासिमा मन्त्रिपरिषद्ले १८ महिना अघि नियुक्त गरेको थियो । उनको कार्यअवधी चार वर्षको थियो ।

तर पछिल्लो समय स्वास्थ्य मन्त्रालयले उनी सहित बिमा बोर्डका सबै पदाधिकारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

स्वास्थ्यका अधिकारीहरुले राजीनामा पत्र आएको र दर्ता भएको भन्दै आवश्यक कारबाही अघि बढाउने बताए ।

पोखरेल स्वास्थ्य बिमा बोर्डमा २०७५ मंसिर २३ मा नियुक्त भएका थिए । तर पुस लागेर मात्रै उनले जिम्मेवारी सम्हालेका थिए ।
सरकारको महत्वकांक्षी योजनामा स्वास्थ्यबिमा कार्यक्रम परेको छ । चालु आर्थिक वर्षका लागि यो कार्यक्रमका लागि करिब ७ अर्ब रकम विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?