+
+
Shares

कान्ति अस्पतालमा उपचाररत १३ महिने शिशुलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २० गते १०:०६

२० असार, काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए ।

अस्पतालका निर्देशक डाक्टर पौडेलका अनुसार रगतको कमी, ज्वरो आएको लगायतका समस्या भएर शंकास्पद बिरामी भनेर आइसोलेसनमा राखिएको थियो। उनले भने, ‘सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरयौँ । त्यसको रिपोर्ट पोजेटिभ आयो ।’

यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस हो।

अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएकाले संक्रमण देखिए पनि अस्पताल सूचारु रहेको डाक्टर पौडेलले बताए। ‘आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?