+
+

कञ्चनपुरमा एक जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते ७:४२

२१ असार, कैलाली । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी भइरहेको छ ।’

सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीय बताउँछन् । प्रहरीले भने विस्तृत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?