+
+
Shares

मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दियो, एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १०:३१

जनकपुरधाम, २१ असार । सर्लाहीमा एक मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बरहथवा नगरपालिका ११ दियरमा हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका ५ जनालाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले स्थानीय रामप्रवेश मुखियाका १४ बर्षीय छोरा जुगल मुखियाको घटना स्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

सोही ठाउँका ३५ बर्षीय सुरेन्द्र महतोको टाउकोमा चोट लागेको छ ।

यस्तै, ३५ बर्षीय शम्भु मुखिया, २२ बर्षीय श्रवण मुखिया र ३२ बर्षीय देबेन्द्र पासवान घाइते भएका छन् । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?