Comments Add Comment

जापानमा बाढी र पहिरोबाट १५ जनाको मृत्यु, नौ बेपत्ता

२१ असार, काठमाडौं । जापानको क्युसु टापुमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।

मृतकमध्ये १४ शव जनाको नर्सिङ होमबाट आएको बाढीमा फेला परेको थियो भने एक जनाको शव पहिरोबाट निकालिएको थियो । अहिलेसम्म आधिकारिकरुपमा मृतकको पुष्टि भने भएको छैन ।

अधिकारीहरुले उक्त क्षेत्रका दुई लाख मानिसहरुलाई उद्धारको लागि निर्देशन दिएका छन् । उद्धारको लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुमा नदीमा आएको बाढीको कारण धेरै घरहरु डुबानमा परेको सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको तस्वीरहरुमा देखिएको छ । केही घरका छानाहरु मात्र देखिएका तस्वीहरु सार्वजनिक भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म हजारौं मानिसहरुको उद्धार भइसकको छ ।

आइतबार रातिसम्म पानी निरन्तर पर्न सक्ने अनुमान गरिएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसहरुले अधिकतम सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जापानका कुमामोटो र कागोशिमा प्रान्त बाढीको कारण सबैभन्दा धेरै प्रभावित बनेका छन् । यो क्षेत्रमा अहिलेसम्म यस किसिमको बाढी र पहिरोको प्रकोप नदेखिएको अधिकारीहरुले बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment