
२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गरेका छन् । बिरोधकै बीच सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नाराबाजी भएको हो ।
प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षी दलको अवरोधका कारण पारित हुन सकेको थिएन ।
आइतबार सभामुख थापाले सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेस गर्न समय दिएका थिए ।
छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गर्दै सभामुख थापाले संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।
सोमबारबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयलका सचिव राम सिंह धामीले बताए ।
प्रतिक्रिया 4