Comments Add Comment

कोरोनाका बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीको औषधिको प्रयोग रोकियो

२१ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शनिबार कोरोना भाइरस (कोभिड-१९) का बिरामीमा औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीका औषधि लोपिनोभिर/रिटोनोभिरको प्रयोगमा बन्द गर्न गइरहेको बताएको छ । डब्ल्यूएचओले यी औषधिको प्रयोगले संक्रमितको मृत्युदर घटाउन नसकेको निष्कर्ष निकाल्दै यसको प्रयोगमा रोक लगाएको हो ।

कोरोना भाइरसको उपचारको फरक फरक किसिमको खोप तथा औषधिको प्रयोगको क्रममा यसलाई यी औषधिलाई आशााको रुपमा हेरिएको थियो । साथै यो समाचार डब्ल्यूएचओका अनुसार दुई लाखभन्दा धेरै संक्रमित फेला परेको बताएकै दिनमा आएको हो ।

शुक्रबार विश्वभर कोरोना भाइरसका दुई लाख १२ हजार ३२६ संक्रमित फेला परेका थिए । जसमध्ये अमेरिकामा मात्र ५३ हजार २१३ संक्रमित फेला परेका थिए ।

विश्वभर नै अहिले विभिन्न औषधिबारे अनुसन्धान चलिरहेको छ । यसैबीच डब्ल्यूएचओले एक अन्तर्राष्ट्रिय कमिटिको सिफारिसको आधारमा यस्तो निर्णय गरिएको बताएको छ । यद्यपि डब्ल्यूएचओले अस्पतालमा भर्ना गर्नु नपरेका मानिसमा यो औषधिले कस्तो असर पार्छ भन्ने विषयमा भने केही बताएको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment