Comments Add Comment

कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित, आइसोलेसनमा २६१ जना मात्रै

२१ असार, सुर्खेत । कणर्ाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)का २६१ जना संक्रमित मात्रै आइसोलेसनमा रहेका छन । संक्रमण भएकाहरु धमाधम डिस्चार्ज हुँदै घर फर्किएपछि आइसोलेसनमा रहेकाहरुको संख्या घटेको हो ।

कर्णालीमा आइतबारसम्म १४९८ जनामा कोरोना संक्रमण पष्टि भएको छ । जसमध्ये २६१ जनामात्रै आइसोलेसनमा बसेर उपचार गराइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । १२३१ जना डिस्चार्ज भएर घर गइसकेका छन् ।

थप ३० जना डिस्चार्ज

कणर्ालीमा आइतबार थप ३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२३१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कर्णालीका विभिन्न आइसोलेसनबाट ३० जना डिस्चार्ज भएका हुन् ।

आइतबार डिस्चार्ज हुनेमा प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, मेहलकुना अस्पतालबाट ३ जना, गुर्भाकोट आइसोलेसनबाट ३ जना, सल्यान अस्पतालबाट ५ जना र कालीकोट अस्पतालबाट २ जना रहेको डा. तिवारीले बताए ।

९ जना संक्रमित थपिए

आइतबार कर्णालीमा ९ जना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ५, सुर्खेत, सल्यान, चितावन, नवलपरासीका एक/एक जना रहेको महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए ।

दैलेखका संक्रमितहरु नारायण नगरपालिका वडा नं. १, ३ र ७ का एक महिलासहित तीन पुरुष र गुँरास गाउँपालिकाका-१ का एक पुरुष रहेका छन् ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५, सल्यानको दार्मा गाउँपालिका-३, चितवनको भरतपुर महानगरपालिका-१०, नवलपरासीको कावासोती नगरपालिका-४ का एक/एकजना रहेका छन । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४९८ पुगेको हो ।

कर्णालीमा हालसम्मा ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment