Comments Add Comment

घरमै लागूऔषध राखेर बिक्री गर्ने पक्राउ

२१ असार, जनकपुरधाम । घरमै राखेर लागूऔषध बिक्री वितरण गर्दै आएका सिरहाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोल बजार नगरपालिका ४ बस्ने ४२ बर्षीय मनोजकुमार साहलाई उनको आफ्नै घरबाट आइतबार पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

साहले आफ्नै घरमा बिक्री वितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा प्रतिवन्धित लागूऔषध डाइलेक्स डिसी ६७ बोतल, नाइट्रोभेट ट्याब्लेट १ सय ६५ थान बरामद गरी उनलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, धनुषाको नगराइन नगरपालिका २ राघवपुरबाट लागूऔषध एक्सिप्लोन सिरफ ६१ बोतल, नाइट्रोभेट ट्याब्लेट २५० थान बरामद भएको छ ।

सीमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ लुकीछिपी भारतबाट नेपालतर्फ पैदल ल्याउँदै गरेका व्यक्ति भने फरार भएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment