+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सञ्चार विधेयकविरुद्ध सप्तरीका पत्रकारले गरे प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १८:२९

२१ असार, सप्तरी । प्रदेश २ सरकारले हालै पारित गरेको सञ्चार विधेयकको विरोधमा सप्तरीका पत्रकारहरुले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

पत्रकारलाई जरीवाना तोक्नेदेखि सञ्चार उपकरण जफ्त गर्ने नियमसहितको विधेयक पारित गरिएपछि यहाँका पत्रकारहरुले सदरमुकाम राजविराजमा प्रदर्शन गरेका हुन् । विधेयकमा रहेका त्रुटिहरु नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकार नवीन गुप्ताले बताए ।

समाचार लेखेकै कारण सञ्चार उपकरण जफ्त गर्ने कुरा संविधानमै नभएपनि प्रदेश सरकारले संविधान विपरीत यस्तो नियम राखेर विधेयक पारित गर्नु पत्रकारलाई थप समस्या दिनु भएको अर्का पत्रकार सतिश दत्तले बताए ।

स्थानीय गजेन्द्र चोकमा भेला भएका पत्रकारहरुले ‘निरंकुश शैलीको सञ्चार विधेयक खारेज गर, सामाजिक सञ्जालमा लेखेकै कारण कारबाही गर्ने प्रावधान खारेज गर, सञ्चारकर्मीलाई दबाउन र तर्साउन पाइँदैन, उपकरण जफ्त गर्ने असंवैधानिक प्रावधान खारेज गर, पत्रकारलाई १० देखि २० हजार जरीवाना तिराउने प्रावधान खारेज गर, प्रेस स्वतन्त्रता कायम गर’ सहितका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?