+
+
Shares

मेलम्चीको सुरुङमा पानी छोड्दा वाग्मतीमा बाढी आउन सक्छ !

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १८:२१

२१ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबारदेखि पानी जोडिएपछि मेलम्ची र वाग्मती नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह  गरेको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रका खोलानाला साथै वाग्मती नदीमा कुनै पनि बेला पानीको बहाव बढ्न सक्ने बताएको छ ।

त्यसैले ती नदी तथा खोलाको किनारमा जाँदा विशेष सावधानी अपनाउन समितिले आग्रह गरेको छ ।

सुरुङ मार्गमा पानी पठाएर परीक्षण गर्ने क्रममा मेलम्ची नदीमा पनि पानीको सतह घटबढ हुन सक्ने भन्दै समितिले नदीमा पौडी खेल्न, माछा मार्न, बस्तुभाउ लिएर जाँदा  सतर्क हुन आग्रह गरेको हो।

सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिनेभन्दै आयोजनाले त्यस क्षेत्रका खोलानालामा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । आफ्नो घर वरपर पानीको नयाँ मूल देखिए पनि खबर गर्न आयोजनाले सुरुङ रहेका स्थान वरपरका बासिन्दालाई आग्रह गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी काठमाडौंमा खानेपानीका रुपमा ल्याउन आइतबारदेखि सुरुङमा पानी पठाएर परीक्षण गरिएको छ । योसँगै मेलम्ची आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दाबी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?