Comments Add Comment

चन्द्रागिरिले १८ लाख कित्ता आईपीओ जारी गर्ने, सेयर निष्कासन गर्न लगानी कोषसँग सम्झौता

२१ असार, काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा चन्द्रागिरि नगरपालिकाका स्थानीयहरूलाई १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

यसका लागि नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन एवं प्रत्याभूति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ । चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभूत गर्ने सम्झौता भएको हो ।

उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रवन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरे । उपत्यकाका नजिकको पर्यटकीय गन्तव्यको रुपमा विकास भएको चन्द्रागिरि पछिल्लो समय सर्वसाधारणको निकै रोजाइ बन्न सफल भएको छ ।

लकडाउनका कारण यतिबेला बन्द अवस्थामा रहेको चन्द्रागिरि केवलकार सरकारले अनुमति दिए तत्कालै खुला गर्न सकिने यसको व्यवस्थापनले जनाएको छ । उच्च सुरक्षा सतर्कता अपनाएर तत्कालै खोल्न सकिने गरी तयारी सकिएको कम्पनीका सञ्चालक हेमराज ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment