+
+
Shares

यो ओठको हाँसो [गीत]

राकेश कार्की राकेश कार्की
२०७७ असार २२ गते १२:२७

यो ओठको हाँसो
यो आँखाको पानी
उमेर छउन्जेल न हो
यो रूप यो जवानी

बित्छ जस्तो लाग्दैन
तर यो बितिदिन्छ
हार्दिन भन्दाभन्दै
समयले जितिदिन्छ

दिन जान्छ रात जान्छ
फेरि अर्को बिहानी
उमेर छउन्जेल न हो
यो रूप यो जवानी

यो ओठको हाँसो
यो आँखाको पानी

एकदिन यस्तो आउँछ
तिमी मात्र सहारा
छुट्छन् चढिसकेका
उकालो खोल्सो छहरा
तिम्रो मेरो माया यो
कसैलाई कहानी
उमेर छउन्जेल न हो
यो रूप यो जवानी

यो ओठको हाँसो
यो आँखाको पानी
उमेर छउन्जेल न हो
यो रूप यो जवानी
– एन्जेलस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?