२८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिलाई समेटिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक भएको छ।
गीतमा बाढीका कारण विस्थापित परिवार, बेपत्ता आफन्त, ध्वस्त संरचना र गुमेका सपनाको पीडालाई समेटिएको छ । साथै जलवायु परिवर्तन, अव्यवस्थित विकास, नदी तथा हिमाली क्षेत्रको दोहन र विपद् पूर्वतयारीबारे प्रश्न उठाइएको छ।
डी. डी. पन्तको शब्द रहेको गीतमा विपत्तिले परिवार र समुदायमा पारेको दीर्घकालीन प्रभाव तथा प्रकृति र मानवीय गतिविधिबीचको सम्बन्धलाई मुख्य विषय बनाइएको छ । गीतको स्वर र संगीत सुनोडटकम मार्फत तयार गरिएको पन्तले बताएका छन्।
गीतको भिडियोमा बाढी आउँदाको अवस्था, बाढीले पुर्याएको क्षति र बाढीपछिका विभिन्न दृश्य समेटिएको छ ।भिडियो सम्पादन सुभाष पन्तले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4