Comments Add Comment

नयाँ महामारी देखिएसँगै चीनको इनर मंगोलियामा सतर्कता बढाइयो

२२ असार, काठमाडौं । चीनको इनर मंगोलियामा नयाँ महामारी फैलिने आशंकामा चीनले सतर्कता बढाएको छ । ‘ब्ल्याक डेथ’ महामारी फैलाउने ब्युबोनिक प्लेग रोगका संक्रमित फेला परेसँगै सतर्कता बढाइएको हो । यो क्षेत्रमा एक जना मानिसमा ब्युबोनिक प्लेगको संक्रमण पुष्टि भएको हो । अहिले संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ भने उनको अवस्था पनि स्थिर रहेको बताइएको छ ।

ब्युबोनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ । यो रोग प्राणघातक हुन्छ तर यसलाई सामान्य रूपमा पाइने एन्टिबायोटिक्सबाट उपचार गरिन्छ । इनर मंगोलियाको बयानुर सहरस्थित एक अस्पतालमा शनिबार ब्युबोनिक प्लेगका संक्रमित फेला परेका हुन् । अहिलेसम्म कसरी र किन उक्त बिरामी संक्रमित भए भन्ने विषयमा स्पष्ट हुन सकेको छैन ।

चीनले अहिले उक्र क्षेत्रमा जनावरहरू मार्न र मासुमा प्रतिबन्ध लगाएको छ । जनावरको मासुबाट पनि यो रोग फैलिन सक्ने बताइएको छ ।

विश्वभर नै बेलाबेलामा यो रोग देखिने गरेको छ । सन् २०१७ मा माडागास्करमा यो रोग फैलिएको थियो । जहाँ तीन सय मानिसहरू संक्रमित भएका थिए । गत वर्षको मे महिनामा मंगोलियाको राजधानी सहर उलानबटारमा यो रोगको कारण दुईजनाको मृत्यु भएको थियो । लोखर्केको एक प्रजातिको मार्मोटको मासु नपकाई खाएको कारण उनीहरूलाई यो रोगको संक्रमण भएको थियो।

१४ औं शताब्दीमा देखिएको यो महामारीको विषयमा अहिले धेरै कुरा थाहा भइसकेको र यसलाई कसरी रोक्ने भन्ने राम्रोसँग थाहा भएको कारण अहिले यो भाइरस नियन्त्रण गर्न सजिलो रहेको अधिकारीहरूले बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment