+
+
Shares

कहाँका हुन् भक्तपुरका १० संक्रमित ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १८:१६

२२ असार, काठमाडौं । भक्तपुरमा १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी दिएको हो ।

स्रोतका अनुसार संक्रमितमध्ये दुई जना नेपाल एयरलाइन्सका पाइलट हुन् । संक्रमितहरू चाबहिलका ४२ वर्षीय र चाँगुनारायण नगरपालिकाका-२ दुवाकोटका ३४ वर्षीय पुरुष हुन् ।

यस्तै, अरू संक्रमितमा भक्तपुर नगरपालिका (भनपा)-२ इँटाछेंका २४ वर्षीय पुरुष, भनपा-१ च्यामासिङका ३३ वर्षका महिला, भनपा-२ ब्यासीका २७ वर्षीय पुरुष, ब्यासीमा डेरामा बस्ने धनकुटाकी २१ वर्षीया महिला, सूर्यविनायक नागरपालिका, बालकोटका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

चाँगुनारायण नगरपालिका २ का २७ वर्षीया महिला र वडा नम्बर ७ का ३० वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरूको कन्ट्याक ट्रेसिङ गरेपछि स्थानीय हुन् वा अरू भन्ने खुल्ने जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?