
२२ असार, काठमाडौं । कोरोना महामारीको प्रभावकारी उपचारको माग गर्दै अनसन बसेकाहरूको समर्थनमा सोमबार काठमाडौंको वसन्तपुरमा प्रदर्शन भएको छ ।
कोरोना संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिनको गुणस्तर बढाउनुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग राख्दै इनफ इज इनफ अभियानका अभियानकर्ता ई: र पुकार बम आमरण अनसनमा छन् ।
उनीहरूको समर्थनमा अभियानकर्ताले सोमबार साँझ वसन्तपुरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले अनसनमा बस्नेहरूको माग पूरा गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4